साझा पाइला

इरानले खाडी मुलुकमा गरेको हमलाको साउदी अरबद्वारा निन्दा

  १६, फागुन, काठमाडौं । साउदी अरेबियाले इरानद्वारा अन्य खाडी मुलुकमा गरिएको हमलाको निन्दा गरेको छ । इरानले शनिबार युएई, बहराइन, कतार, जोर्डन र कुवेतको भूमिमा मिसाइल आक्रमण गरेको थियो । जसको विरुद्ध साउदी अरेबियाले कडा शब्दमा निन्दा गरेको हो ।

साउदीले राष्ट्रको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरूको निरन्तर उल्लंघन भइरहे इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएको छ ।

इजरायल र इरानबिच आक्रमण सुरु भएपछि कतार, कुवेत र युएईले आ-आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । शनिबार इजरायलले इरानका विभिन्न सहरहरूमा हवाई आक्रमण गरेको थियो ।Sad News