साझा पाइला

एसईई २०८२ एक महिनामै रिजल्ट, परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुदै

 




चैत १९ गते बिहीबार अर्थात भोलि देखि बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षा सुरु हुँदैछ । शैक्षिक क्यालेन्डरअनुसार एसईई परीक्षा चैत पहिलो साता परीक्षा हुनुपर्ने हो । तर २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा धकेलिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सबै तयारी पूरा भएको छ । बोर्डका अनुसार यो वर्षबाट एसईई परीक्षामा नयाँ नियम पनि लागू भएको छ । 


बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा ९रिजल्ट० एक महिना भित्र सार्वजनिक गर्ने योजना बनाएको छ । सम्बन्धित परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गर्ने पनि बोर्डले जनाएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको बोर्डको भनाई छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले मन्त्रालयबाट एक महिनामै नतिजा सार्वजनिक गर्न निर्देशन आएको बताउँदै त्यसका लागि परीक्षा केन्द्रमा नै परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको जनाइसकेका छन् । यद्यपी कुनै परीक्षा केन्द्रमा शिक्षक नभएमा वा असुरक्षित महसुस भएमा शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को ठाउँबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको पनि बोर्डले जनाएको छ ।