फलेवास नगरपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समृद्ध फलेवासतर्फ अर्को फड्को”
पर्वत, २८ वैशाख \फलेवास नगरपालिका ले आफ्नै अत्याधुनिक प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरेको छ। लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको नयाँ भवनको नगर प्रमुख गंगाधर तिवारी ले विशेष समारोहबीच उद्घाटन गरेका हुन्।
करिब ६० रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण गरिएको भवन अब नगरपालिकाको प्रशासनिक केन्द्रका रूपमा सञ्चालनमा आएको छ। नयाँ भवनसँगै नगरवासीले थप व्यवस्थित, प्रभावकारी र सहज सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै
फलेवास नगरपालिकाका संस्थापक मेयर पदमपाणी शर्मा ले आफ्नै संरचनाबाट सेवा सञ्चालन हुनु फलेवासका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनले अब नगरपालिकाको सेवा प्रवाह अझ छिटो, प्रभावकारी र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरे।
संघीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको हो । नगरप्रमुख गंगाधर तिवारीले अब नयाँ भवनबाट सेवा प्रवाहलाई चुस्त वनाउदै लैजाने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल, नगर उपप्रमुख शोभा कुमारी क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली लगायत जिल्ला समन्वय समिति, सुरक्षा निकाय, विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
Join the conversation