एमाले फलेवासको मिसन पार्टी अभियान’ सप्पन्न
साउन १६ पर्बत
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० फलेवास नगर कमिटीको बैठक तथा ‘मिसन पार्टी अभियान’ आज फलेवासमा सम्पन्न भएको छ ।
बैठकमा संगठन सुदृढीकरण, सदस्यता विस्तार, पार्टीका आगामी गतिविधि तथा स्थानीय तहमा संगठनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको जनाइएको छ । उक्त कार्यक्रममा परीक्षण सहजिकरण गोविन्द पहाडीले गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले जनतासँग पार्टीको सम्बन्ध थप मजबुत बनाउँदै वडा तहसम्म संगठन विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले पार्टीका नीति, कार्यक्रम र अभियानलाई घरदैलोस्तरसम्म पुर्याई सक्रिय कार्यकर्ता परिचालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पुर्ब प्रतिनिधिसभा सदस्य पदम गिरी, प्रदेश उपसचिब मन्जु अधिकारी , जिल्ला कमिटि अध्यक्ष गोविन्द पहाडी , पुर्ब जिल्ला अध्यक्ष राजु पौडेल , पदमपाणि शर्मा , लगायतका जिल्ला कमिटि सदस्य ,फलेवास नगर कमिटी अध्यक्ष देवी तिमिल्सिना लगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । बैठकले संगठन विस्तारलाई प्रभावकारी बनाउने, नयाँ सदस्यता अभियानलाई तीव्रता दिने तथा स्थानीय स्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको एमाले फलेवास नगर कमिटीले जनाएको छ । कार्यक्रम संचालन नगर सचिव गोविन्द भुसालले गर्नु भएको थियो ।

Join the conversation