पर्वतमा कांग्रेस(एमालेको सर्वनाकहार भुसालको अगाडि निरिह बने दिग्गज नेताहरू
पर्वत २६ फागुन
पर्वतको चुनावी मैदानमा यसपटक यस्तो नतिजा आएको छ जसले नेपाली राजनीतिको स्थापित समीकरणलाई पूरै भत्काइदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर भुसालले पर्वतमा कांग्रेस र एमालेका दुई प्रभावशाली र शक्तिशाली मानिएका नेताहरूलाई पराजित गर्दै ऐतिहासिक विजय हात पारेका छन्।
पर्वतलाई कांग्रेसको गढका रूपमा स्थापित गर्दै लगातार तीन पटक निर्वाचन जित्ने ह्याट्रिक गरेका नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशी र ओलीका विश्वासपात्र तथा पूर्वमन्त्री नेकपा एमालेका शक्तिशाली युवानेता पदम गिरी दुवै सागर भुसालको अगाडि निरिह साबित भएका छन्।
इजरायलमा १० वर्षसम्म श्रम गरी पसिना बगाएर फर्किएका भुसाल पछिल्लो समय पोखरामा होटल व्यवसाय र उद्योग चलाउँदै आएका थिए। भूकम्प र नाकाबन्दीको मारपछि विदेशबाट नेपाल फर्किएका उनलाई चुनावी मैदानमा होमिन कुनै रहर थिएन, तर ुजेन(जीु आन्दोलनपछिको बदलिँदो परिस्थिति र देशको अवस्थाले उनलाई बलिया राजनीतिक दलका उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्न बाध्य बनायो।
देशका ठूला राजनीतिक शक्ति भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका बलिया उम्मेदवारहरूलाई एकै पटक टक्कर दिनु भुसालका लागि चानचुने चुनौती थिएन। तर, १० वर्षको कठिन श्रमको अनुभव संगालेका भुसालले अन्त्यमा दिग्गज नेताहरूलाई हराउँदै पर्वतमा नयाँ इतिहास रचेका छन्।

Join the conversation