निगमले भोलिदेखि आधा सिलिन्डर ग्यास मात्रै बिक्री गर्ने
बजारमा खाना पकाउने ग्यासको अभाव हुन नदिन नेपाल आयल निगमले भोलि शुक्रबारदेखि आधा सिलिन्डर मात्रै बिक्री गर्ने भएको छ । निगमले शुक्रबार फागुन २९ गतेदेखि लागू हुने गरी ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास बजारमा पठाउन लागेको हो ।
ग्यासको आपूर्तिमा समस्या देखिएपछि निगमले यस्तो निर्णय लिएको हो । अब उपभोक्ताले एउटा सिलिन्डर ग्यासको लागि ९ सय ५५ रुपैयाँ तिर्नुपर्ने छ । निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले अर्को निर्णय नभएसम्मका लागि आधा सिलिन्डरको व्यवस्था गरिएको बताए ।
निगमले जारी गरेको सूचनामा भनिएको छ, ‘हालको परिस्थितिलाई ध्यान दिँदै ग्यास आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन ७.१ केजी एलपी ग्यास भरी ९ सय ५५ रुपैयाँमा बिक्री गर्ने निर्णय भएको छ ।’
Join the conversation