सम्भावित मन्त्री भन्दै आएका नामबारे बालेन टिमले सुरु गरो अनुसन्धान
प्रधानमन्त्री प्रस्तावित गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपपछि घरमै आराम गरिरहेका छन् । धुलोधुँवासहितको लगातार यात्राका कारण उनी हल्का बिरामी रहेका हुन् ।
छाती र खुट्टामा हल्का समस्या देखिएपछि आराम गरिरहेका पार्टी सभापति रवि लामिछानेलाई बिहीबार निवासमा गएर भेट्नेबाहेक बालेन कसैसँग भेट गरिरहेका छैनन् ।
सभापति लामिछाने र बालेनबीच आगामी सरकारको सम्भावित खाकाबारे मोटामोटी कुराकानी भए पनि उनीहरू मन्त्रीहरूको नाम र कार्यविभाजनको मुद्दामा प्रवेश गरिनसकेको बालेनका सहकर्मीले बताए । by अनलाइनखबर

Join the conversation