नयाँ सांसदलाई रास्वपाले सिकायो संसदीय आचरण
राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ नवनिर्वाचित सांसदलाई ग्वार्कोमा अभिमुखीकरण कार्यक्रममार्फत संसदीय अभ्यास र आचरण सिकाइएको छ।कार्यक्रममा सांसदहरूले संसदीय भूमिका, बोल्ने तरिका, न्याय पाउने अधिकार र जनताको अपेक्षा अनुसार काम गर्ने विषयमा ज्ञान प्राप्त गरेको बताएका छन्।पार्टीका वरिष्ठ नेताहरूले पदको गरिमा बढाउन, संविधान र कानुनको अध्ययन गर्न तथा भ्रष्टाचार अन्त्य गर्न सांसदहरूलाई निर्देशन दिएका छन्।
रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम गरिरहेको छ । मंगलबार र बुधबार दुई दिन चल्ने अभिमुखीकरण कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा भइरहेको छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित आफ्ना १८२ सांसदहरुलाई रास्वपाले संसदमा खेल्नुपर्ने भूमिका, संसदीय प्रणालीलगायतबारे जानकारी गराउन अभिमुखीकरण कार्यक्रम गरेको हो । बुधबारसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा पार्टीका नेता र विषय विज्ञहरुको प्रस्तुति रहने पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
अभिमुखीकरणको पहिलो दिन मंगलबार प्रतिनिधिसभाका पूर्वसचिव सुरेश अधिकारीले प्रशिक्षण गरेका छन् । उनले संसदीय मूल्यमान्यताका विषयमा सांसदहरुलाई जानकारी गराएका छन् । पूर्वसचिव सुरेश अधिकारीले संसदीय मूल्यमान्यताका विषयमा सांसदहरुलाई जानकारी गराइरहँदा गोर्खा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सुधन गुरुङले गगन थापालक्षित विषय उठाएका छन् । उनले संसद् बैठकमा नभएको प्रमाण आफूसित छ भनेर सांसदले भन्न पाइन्छ कि पाइँदैन भनेर प्रश्न गरेका छन् । ‘संसदभित्र कुनै पनि सांसदले विनाप्रमाण आफूसित ‘प्रमाण छ’ भनेर बोल्न पाइन्छ रु’ गुरुङले प्रश्न गरे ।जवाफमा पूर्वसचिव अधिकारीले आफूसँग नभएको प्रमाण छ भनेर झुटो बोल्न नहुने र यसले संसदीय गरिमामा आँच आउने बताए ।

Join the conversation