साझा पाइला

तीन प्रदेशका केही जिल्लामा हल्का वर्षा


 देशका केही स्थानमा यति बेला पानी परिरहेको छ । तीन प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा मेघगर्जन÷चट्याङसहित हल्का पानी परिरहेको छ,” महाशाखाले भनेको छ ।

पानी पार्ने यो प्रणाली उत्तर–पूर्वतिर सर्दै गइरहेको महाशाखाले जनाएको छ । “आवश्यक सतर्कता अपनाउनुहोला,” महाशाखाले भनेको छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । यस दिन देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ । केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।