साझा पाइला

ओली, लेखकसहित प्रधानसेनापति सिग्देल पनि जेनजी आन्दोलनका दोषी

 






२३ र २४ भदौको घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रधानसेनापति अशोकराज सिग्देलसहित राष्ट्रिय सुरक्षा परिषद्का सबै पदाधिकारीहरूलाई कारबाही सिफारिसहितको प्रतिवेदन तयार पारेको छ ।शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरसमक्ष समितिले अनुसन्धानपछिको प्रतिवेदन पेश गरेको हो ।

आयोगकी सदस्य डा. लिली थापाको संयोकत्वमा आयोगले जेनजी प्रदर्शनका क्रममा भएको मानव अधिकार उल्लंघनसम्बन्धी अनुसन्धान गर्न अनुसन्धान समिति गठन गरेको थियो । ‘अनुसन्धान समितिले अध्यक्षलाई प्रतिवेदन बुझाएको छ । अब आयोगको पूर्ण बैठक बसेर त्यसबारे निर्णय गर्छ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलले अनलाइनखबरसँग भने ।अनुसन्धान प्रतिवेदनले राष्ट्रिय सुरक्षा परिषद्ले जेनजी आन्दोलनका क्रममा आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह नगरेको निष्कर्ष निकालेको छ ।by onlinekhabar