साझा पाइला

पर्वत जिप दुर्घटना : चालकको मृत्यु




पर्वत — कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको मुडिकुवा (सिरसुवा) क्षेत्रमा बोलेरो जीप दुर्घटना उपचारको क्रममा चालकको मृत्यु भएको छ । ग १ ज ८०२९ नम्बरको बोलेरो जीप यूरिया मल बोकी फलेवासतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो ।


प्रहरीका अनुसार गाडीमा चालक मात्रै सवार रहेका थिए। दुर्घटनामा परी मृत्यु भएका चालक फलेवास नगरपालिका–खानीगाउँ निवासी ३५ वर्षीय सज्जन परियार रहेका छन्।