साझा पाइला

भयो प्रधानमन्त्री बालेनको एक्सन सुरु


पर्वत। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान पक्राउ परेका छन् । ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर लागिएको छ ।


शुक्रबार बालेन साह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यससँगै ओली र लेखकलाई पक्राउ गरेको छ ।


भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।