साझा पाइला

ओलीको स्वास्थ्यमा ६ समस्या, निगरानीमा राखिए



नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ। अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्यमा ६ समस्या देखिएको जनाएको छ।  


शनिबार प'क्राउ परेपछि अस्पताल पुर्‍याइएका ओलीलाई मुटु धड्कन बढ्ने समस्या देखिएको छ। मिर्गौला प्रत्यारोपण गरेका ओलीको पिसाबमा समस्या देखिएको छ भने मधुमेह, उच्च रक्तचाप, थाइराइड हर्मोनको कमी, मिर्गौलामा सुन्निने समस्या र पित्तथैलीमा पत्थरी समेत भेटिएको अस्पतालले जनाएको छ।  


अस्पताल प्रवक्ता डा. गोपाल सेडाईका अनुसार, मुटु धड्कन बढेकाले उनलाई २४ घण्टा निगरानीमा राखिएको छ। पित्तथैलीमा रहेको पत्थरी बढ्दै गइरहेकोले थप उपचारबारे चिकित्सकबीच सल्लाह भइरहेको छ।  ओली दुई पटक मिर्गौला प्रत्यारोपण गरेका बिरामी हुन्। #janaboli