मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार
लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू अहिले युद्धको रापले तात्न थालेका छन् । दशकौँदेखि सुरक्षित मानिएको संयुक्त अरब इमिरेट्स ९यूएई०, साउदी अरब र कुवेत जस्ता देशहरू अहिले इरानी मिसाइल र ड्रोनको निशानामा पर्न थालेका छन् ।
यो युद्धको सबैभन्दा ठूलो मूल्य त्यहाँका नागरिकसहित आफ्नो घरदेश छोडेर पसिना बगाउन गएका गरिब आप्रवासी श्रमिकहरूले चुकाउनु परिरहेको छ । हालैका घटनाक्रमले खाडीमा काम गर्ने श्रमिकहरूको सुरक्षामा ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ ।
Join the conversation