कानुनका उपसचिवले काममा बाधा गर्ने भन्दै पुनले आफ्नो मन्त्रालयको अनुभव भन्दै कर्मचारीतन्त्रको प्रमुख समस्या कानुनी उपसचिव हो भन्ने अथ्र्याएका थिए । उनले लेखेका थिए, ‘मेरो अनुभवअनुसार मन्त्रालयमा कुनै पनि नीति नियम बनाउने र निर्णय गर्ने काममा सुल्झाउने, अल्झाउने र बल्झाउने भनेको सो मन्त्रालयको कानुन हेर्ने उपसचिव नै हुँदारहेछन् । कानुनको उपसचिवलाई मन लागेन भने गर्नुपर्ने निर्णयमा टिप्पणी नउठाइदिने वा आलटाल गर्दा रहेछन् । उस्तै प¥यो भने लामो बिदा पनि बसिदिने रहेछन् । कानुनको उपसचिवले टिप्पणी उठाइदिएन भने सहसचिव र सचिवले पनि अख्तियार लाग्छ भनेर निर्णय गर्न डराउँदा रहेछन् । मैले मुढे बल गर्दा पनि निकै कुरामा अड्काए ।’
कानुनको उपसचिवका कारणले काममा बाधा हुने भन्दै आक्रोशित मुद्राको इमोजी राखेर पोस्ट गरेका पुनले पोस्ट गरेको केही मिनेटमै हटाएका हुन् ।


Join the conversation