साझा पाइला

झापाबाट वामपन्थी पुनर्गठन अभियान सुरू, मूल एजेन्डा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण

 



झापामा रहेका विभिन्न कम्युनिस्ट पार्टीमा आबद्ध नेताहरूले वामपन्थी शक्तिहरूको पुनर्गठन अभियान सुरु गरेका छन् ।नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी नेकपा संयुक्त , नेकपा माओवादी र प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध नेताहरूले संयुक्त अपिल जारी गर्दै वामपन्थी शक्तिहरूको पुनर्गठनको अभियान सुरु गरेका हुन ।


बिर्तामोडमा आयोजित समीक्षा बैठकपछि जारी गरिएको अपिलमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई अबको प्रमुख एजेन्डा बनाउनुपर्नेमा जोड दिइएको छ निर्वाचन परिणामले वामपन्थी शक्तिहरूप्रति जनताको भरोसा कमजोर भएको निष्कर्ष निकाल्दै नेताहरूले विचारभन्दा व्यक्तिवाद हाबी हुनु र आन्तरिक लोकतन्त्र कमजोर हुनु हारको मुख्य कारण रहेको बताएका छन्।