साझा पाइला

इतिहासमै शक्तिशालीमध्येका प्रधानमन्त्री बन्दै बालेन

 




भावी प्रधानमन्त्री बालेन शाहले हालको २२ वटा मन्त्रालयको संरचनालाई १४–१५ वटा मन्त्रालयमा सीमित गर्ने योजना बनाएका छन्। उनका अनुसार यसरी मन्त्रालय घटाउँदा सरकारको कार्यक्षमता बढ्ने र प्रशासनिक खर्च पनि घट्ने अपेक्षा गरिएको छ।


संविधानअनुसार एउटा सरकारमा अधिकतम २५ जना मन्त्री राख्न सकिन्छ, त्यसैले मन्त्रालय संख्या घटाउन संविधान संशोधनको आवश्यकता छैन। बालेनले यो योजना आफ्ना निकट नेताहरूसँग छलफल गरिसकेका छन् र आगामी मन्त्रिपरिषद गठनमा यसलाई कार्यान्वयन गर्ने तयारीमा छन्।




भावी प्रधानमन्त्री बालेन्द्र साहले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य सुरू गरेका छन् । रास्वपाले आमनिर्वाचनमार्फत स्पष्ट बहुमत ल्याइसकेको छ । प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी १८२ सांसदको सुदृढ समर्थनमा बालेन प्रधानमन्त्री बन्ने छन् । थप दुई सांसदले रास्वपा सरकारलाई समर्थन गरेमा दुई तिहाइ बहुमत नै पुग्छ । यस अर्थमा बालेन नेपालको संसदीय इतिहासमै शक्तिशालीमध्येका प्रधानमन्त्री बन्नेछन् ।