महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च २८ लाखभन्दा बढी भएको छ । बिहिबार निर्वाचन आयोग नेपालमा पेश गरिएको विवरणमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
मनोनयन दर्ता खर्चका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिद ३ हजार, नमुना मतपत्र सामग्री छपाइका लागि २ लाख ९० हजार ५ सय ९५ रुपैयाँ, तथा प्रचार–प्रसारका क्रममा यातायात तथा इन्धनका लागि ६ लाख ६० हजार ९ सय ९८ रुपैयाँ खर्च भएको उल्लेख छ।
त्यसैगरी चालक ज्याला १ लाख ४० हजार, १३ लाख ६ हजार ६ सय १९ रुपैयाँ, ३ लाख ६० हजार ४ सय ९९ रुपैयाँ, स्टेशनरी २५ हजार ३ सय र विविध ७० हजार ८ सय ७७ रुपैयाँ रहेको निर्वाचन परिचालक समितिका चित्रबहादुर तिलिजाले बताए ।
निर्वाचन आयोगले उम्मेदवारहरूले गरेको निर्वाचन खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ। यस अगाडी नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारी, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले खर्च विवरण बुझाइसकेका छन् ।

Join the conversation