साझा पाइला

किशोरी साहको उम्मेदवारी खारेजीविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

 


धनुषा क्षेत्र न १ मा उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवार किशोरी साह कमलको मुद्दा हेर्न नमिल्नेमा परेको छ। शुक्रबार न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएपनि हेर्न नमिल्नेमा परेको हो।

धनुषा–१ मा रास्वपाका तर्फबाट उम्मेदवार बनेका साह कालो सूचीमा परेको उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।उम्मेदवारी खारेज गरे पनि उनको चिन्हमा २० हजारभन्दा बढी मत परेपछि बुधबार उनले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। 


साहले नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्र, निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय धनुषालाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए।त्यसमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश शारङ्गा सुवेदीको इजलासले कालो सूचीबाट हटाउन अन्तरिम आदेश दिएको थियो