साझा पाइला

बालेन प्रधानमन्त्री बन्ने कुरामा शंका नगर्न वालेनका वफादार राजु पाण्डेको भनाई

 



काठमाडौं–३ बाट निर्वाचित रास्वपा सांसद राजु पाण्डेले बालेन शाह प्रधानमन्त्री बनाउन आनाकानी गरिए राम्रो नहुने भन्दै नेताहरुलाई जे पायो त्यहि नबोल्न चेतावनी दिएका छन् ।

पत्रकारहरुले डिपी अर्यालले बोलेको कुरा उठाउँदै बालेनको सिपाही हुँ भनेर चुनाव जितेका पाण्डेसँग प्रश्न सोधपछि उनी झोक्किएका हुन् । विभिन्न संचारकर्मीसँग कुराकानी गर्दै पाण्डेले पार्टीको सहमति विपरीत दायाँबायाँ कुरा नगर्न रास्वपाका नेताहरुको ध्यानाकर्षण गराए ।पाण्डेले डिपी अर्यालप्रति लक्षित गर्दै भने– उहाँले भनेको मलाई थाहा छैन ।

 भनेको हो भने गैह्र जिम्मेवार कुरा हो । त्यो गैह्र जिम्मेवार कुरा गरे जनता कसैले पनि सहनेवाला छैन । हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह हो । त्यसमा कन्फ्युजन नहुन अनुरोध गर्न चाहन्छु । चाहिने नचाहिने भन्ने छुट छैन ।’