साझा पाइला

आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना


 

पर्वत \ आमाको बार्षिकीको अवसर पारेर यहाँको एक परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । कुश्मा नगरपालिका वडा नं. ४ मा बसोबास गर्दै आइरहेको गदाल परिवारले कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङस्थित सूर्यप्रकाश माध्यमिक विद्यालयमा नगद रु. १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

गदाल परिवारका छोराहरू दिपक गदाल, विनोद गदाल तथा छोरीहरू मिना र पार्वतीले आफ्नी आमा पुतली वि.क.को स्मृतिमा उक्त अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष दुई जना दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जेठा छोरा दिपक गदालले जानकारी दिए । उनले विपन्न परिवारका विद्यार्थीलाई केही हदसम्म राहत मिलोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको बताए ।

उनले आगामी दिनमा उक्त कोषमा थप रकम वृद्धि गर्दै जाने योजना समेत रहेको जानकारी दिएका छन् ।