पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा वा मूल्य घट्दा स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्दै आएको भन्दै अहिले महासङ्घले त्यो व्यवस्था लागू गर्नुपर्ने महासङ्घको विज्ञप्तीमा भनिएको छ । निगमले गएरातिदेखि डिजेलमा १० र पेट्रोलमा १५ रुपैयाँ वृद्धि गरेको थियो ।
महासङ्घले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाएर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष माग पनि गरेको छ ।

Join the conversation