बालेन सरकारबाट भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुआत: ट्रान्परेन्सी
ट्रान्परेन्सी इन्टरनेसनल नेपालले बालेन सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत गरेको जनाएको छ ।
बालेन सरकारले सार्वजनिक गरेको प्रशासनिक सुधार कार्यसूचीलाई लिएर ट्रान्सपरेन्सीले प्रशंसा गरेको हो ।
“जनताको सुशासनको चाहनाअनुरूप, प्रतिनिधिसभाको करिब दुईतिहाइ बहुमतसहित नवगठित सरकारले पारित गरेको शासकीय सुधारसम्बन्धी कार्यहरूको सूची जनादेशको भावना र मागअनुरूप हुनुका साथै धेरै वर्षदेखि उठाइँदै आइएका सुशासनका विषय अधिकांश रूपमा समावेश भएको ठहर गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल प्रशंसा गर्दछ,” मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Join the conversation