साझा पाइला

लोकप्रिय नेपाली क्रिकेटर करण केसी जापान प्रिमियर लिगमा खेल्ने

 



नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर लिग खेल्ने भएका छन् ।मंगलबार जापान क्रिकेट संघले सामाजिक सञ्जालमार्फत करणले जापान प्रिमियर लिग खेल्ने तय भएको जनाएको हो । 


यद्यपि, उनी कुन टिममा अनुबन्धित भएका छन् भन्ने कुरा संघले खुलाएको छैन । “नेपालका करण केसी जापान प्रिमियर लिग खेल्न जापान आउँदै छन् । करणले प्रतियोगितामा उत्साह थप्ने विश्वास लिएका छौँ,” संघले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।