संसदकाे पहिलो बैठकमा हर्क साम्पाङले एमसीसी खारेजसहित ४ प्रस्ताव राख्ने
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव निर्वाचित प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रतिनिधि सभामा एमसीसी खारेजी आफ्नो पहिलो प्रस्ताव हुने बताएका छन् ।नयाँ संसद्को पहिलो अधिवेशनमा आफूले पेस गर्ने मुख्य प्रस्तावहरू सार्वजनिक गर्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको प्रस्ताव लैजाने बताएका हुन्।
उनले एमसीसी राष्ट्रिय हित विपरीत ठहर्याउँदै यसको खारेजीलाई संसद्मा आफ्नो पहिलो प्रस्तावको रूपमा लैजाने बताएका हुन् ।उनले हालको शिक्षा प्रणाली व्यावहारिक नभएको र यसले दक्ष जनशक्ति उत्पादन गर्न नसकेको तर्क गर्दै उनले शिक्षा क्षेत्रमा आमूल र तात्विक परिवर्तनको आवश्यकता औँल्याएका छन् ।
उनले देशको सार्वभौमिकता रक्षाका लागि सीमा सुरक्षालाई मजबुत बनाउनुपर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर उकास्न विशेष विकासका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताएका छन् ।

Join the conversation