गोरखामा चक्रे मिलनसहित १९ उम्मेदवारको जमानत जफत
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखामा एमालेका उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन)सहित १९ जनाको जमानत जफत भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा उनीसहित कुल २५ जनाले उम्मेदवारी दिएका थिए ।
खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गोरखा–२ मा कुल ५७ हजार १५६ मत खसेको थियो । जसमा ५४ हजार १४७ सदर मत थियो ।जमानत जोगाउन ५ हजार ४१५ मत ल्याउनुपर्ने भए पनि चक्रे मिलनले ३ हजार ८७ मात्र प्राप्त गरे ।
त्यस्तै उज्यालो नेपाल पार्टीका बलराम तामाङले ६३९, राप्रपाका कुलबहादुर बस्नेतले २९२, मंगोल नेशनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले २९०, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का टेकबहादुर प्रधानले १३०, नेशनल रिपब्लिक नेपालका प्रसाद गुरुङले १११, स्वतन्त्र उम्मेदवार चुडाप्रसाद ढकालले ८०, आम जनता पार्टीकी कल्पना कुमालले ४१, नेपाल मजदुर किसान पार्टीका रामशरण बुढाथोकीले ३० र स्वतन्त्र उमेदवार हरि पोखरेलले १४ मत प्राप्त गरेका छन् ।
१० प्रतिशत मत नआएकै कारण उनीहरुको पनि जमानत जफत भएको हो । सो क्षेत्रबाट कुल १३ जनाको उम्मेदवारी परेको थियो ।
By online khabar
Join the conversation