साझा पाइला

नारीप्रधान फिल्म ‘टिका’ बन्ने, शीर्ष भूमिकामा वर्षा र महेश

 


अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार फिल्म ‘टिका स् स्टेटलेस सोल’ निर्माणको घोषणा गरिएको छ ।शंकर कार्कीले निर्देशन गर्ने फिल्मले महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत जनाइएको छ । शीर्ष भूमिकामा वर्षा सिवाकोटी र महेश त्रिपाठीले अभिनय गर्नेछन् । 


ऋचा शर्मा, निर्मल शर्मा र आयुषी ढकाल पनि अनुबन्धित छन् ।महिलाको दृष्टिकोणबाट समाजका विभिन्न पाटा उजागर गर्ने भएकाले यसलाई नारीप्रधान फिल्म बताइएको छ । फिल्मले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने जनाइएको छ ।सशक्त कथा, उत्कृष्ट अभिनय र प्रस्तुतिमार्फत दर्शकलाई फरक अनुभव दिलाउने अपेक्षा गरिएको निर्माताको भनाइ छ ।



 छायांकन चाँडै सुरु हुने छ भने प्रदर्शन मितिको घोषणा केही दिनभित्र हुने भएको छ भविष्य फिल्मको प्रस्तुतिमा थर्ड आई आर्ट्सको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो । निर्मातामा भविष्य खड्का, कार्यकारी निर्मातामा तेजविक्रम केसी छन् । कथा चन्दन झा र शंकर कार्कीको हुनेछ । पटकथा रामकुमार श्रेष्ठको हुनेछ ।