रास्वपा सांसदलाई रवि लामिछानेका १० वुदे निर्देशन
२१ फागुनमा सम्पन्न आम निर्वाचनमा ऐतिहासिक जनमत प्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई जिम्मेवार र अनुशासित बन्न कडा निर्देशन दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको जानकारी गराएका छन् पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै उनले अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको बताए ।अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन । हामीले तपाईंहरू सबैलाई चिनेका छौं । बलियो मन्त्रिपरिषद् बनाउँछौं,’ रविले भनेका छन् ।
ललितपुरको ग्वार्कोमा जारी अभिमुखीकरणमा बुधबार सम्बोधन गर्दा सभापति लामिछाने हिजोको विद्रोही र आलोचक छविबाट माथि उठेर उनी एउटा जिम्मेवार नेता र संस्थागत नेतृत्वको रूपमा रूपान्तरण हुन खोजेको सन्देश दिए ।लामिछानेले पुरानो राजनीतिक शैलीको अन्त्य, इतिहासको सम्मान, सामाजिक न्याय र लगानीकर्तालाई आश्वस्त पार्ने विषयमा आफ्नो सम्बोधन केन्द्रित गरे ।
उनको मन्तव्य एउटा ‘पपुलिस्ट’ नेताको भाषणबाट जिम्मेवार नेता बन्ने दिशातर्फको पाइला जस्तो अनुभूति हुनेगरी आएको छ ।उनले आफ्ना सांसदहरूलाई शक्तिको उन्मादबाट जोगाउन, जिम्मेवारीको बोध गराउन र दललाई एउटा परिपक्व, सहिष्णु र परिणाममुखी संस्थाको रूपमा रूपान्तरण गर्न गम्भीर, स्पष्ट र सन्तुलित निर्देशन दिएका छन्।यसक्रममा उनले इतिहास निर्माण गरेका परम्परागत दलका नेताहरूप्रति कृतज्ञता प्रकट गरे, धन्यवाद दिए । सँगै, भविष्य आफ्नो दलले बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
सामाजिक सञ्जालमा प्रतिक्रियात्मक देखिने नेता कार्यकर्ताहरूलाई त्यस्तो अभ्यासबाट बाहिर निस्कन निर्देशन दिए ।बहुरंगी पृष्ठभूमिबाट आएका सांसदहरूलाई पार्टीको अनुशासनमा चल्न र मतदाताको मन दुख्ने र निरास बनाउनेगरी अभिव्यक्ति नदिन पनि लामिछानेले आह्वान गरे ।
Join the conversation