सांसदलाई दबाबमा राखेर संसदीय दलको नेता चयन भयो योगेश भट्टराई
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीमा सांसदहरूलाई दबाबमा राखेर संसदीय दलको नेता चयन हुनु गलत भएको बताएका छन् ।संसदीय दलको नेताका उमेदवार सुहाङ नेम्वाङले प्रस्तावक र समर्थक नै नपाएपछि भट्टराईले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
एमालेको पुनर्गठनमा यसले धक्का पुगेको उनले बताएका छन् । ुुवर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नु पर्ने बेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको छ,ुु उनले भने ।
सांसदहरुबीच छलफलका माध्यमबाट समझदारी कायम गर्दै अघि बढ्नुपर्नेमा दबाबमा राखेर नेता चयन गर्नु गलत भएको उनको टिप्पणी छ ।एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध चयन भएका छन् । अध्यक्ष ओलीले उनैलाई संसदीय दलको जिम्मेवारी दिन खोजेका थिए

Join the conversation