गृहमन्त्री गुरुङले थापातर्फ हात देखाउँदै अस्वाभाविक प्रतिक्रिया
पर्बत — प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ बोलिरहेका बेला गृहमन्त्री सुधन गुरुङको व्यवहारले सदनमा ध्यान तानेको छ।
बैठकलाई सम्बोधन गर्ने क्रममा थापाले रास्वपा पहिलो दल बन्नुमा विभिन्न संस्थाको भूमिकालाई व्यङ्ग्यात्मक शैलीमा उल्लेख गरेका थिए। उनले नेपाली सेना देखि ‘बारबरा फाउन्डेसन’सम्मलाई बधाई दिँदै टिप्पणी गरे।
उक्त अभिव्यक्तिका क्रममा सत्तापक्षतर्फ बसेका गृहमन्त्री गुरुङले थापातर्फ हात देखाउँदै प्रतिक्रिया जनाएका थिए, जसलाई अस्वाभाविक शैलीका रूपमा हेरिएको छ।
थापाले आफ्नो सम्बोधनमा राष्ट्रिय सम्पत्ति किन र कसको उद्देश्यले जलाइएको हो भन्ने प्रश्नसमेत उठाएका थिए।
संसद् बैठकको प्रारम्भमै देखिएको यस्तो गतिविधिले सदनको वातावरण केही समयका लागि तनावपूर्ण बनेको देखिएको छ
Join the conversation