साझा पाइला

गृहमन्त्री गुरुङले दिए राजीनामा

बैशाख ९, २०८३

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले अन्तत: पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री बालेन्द्र (बालेन) साहसँगको छलफलपछि उनले सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका हुन् । 

आफूमाथि उठेका विवादहरूको निष्पक्ष छानबिनका लागि आजैदेखि लागू हुनेगरी राजीनामा दिएको गुरुङले बताएका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस र पदमा रहँदा कन्फ्ल्क्टि अफ इन्ट्रेष्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुनेगरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’ 

बिचौलिया दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको खुलेपछि गुरुङ विवादमा तानिएका थिए । उनले राजीनामा दिनुपर्ने भन्दै चौतर्फी माग उठेको थियो ।