पर्वत फलेवासमा चट्याङ लागेर एक महिलाको मृत्यु
पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो ।

Join the conversation