शंकरपोखरी–रुग्दी हुँदै कुस्मा जोड्ने सडक बेहाल: विद्यार्थी र बिरामी
पर्वत जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरी पोखराचौरबाट सुरु भई शंकरपोखरी स्वास्थ्य चौकी, त्रिभुवन माध्यमिक विद्यालय हुँदै रुग्दी जोडिएर कुस्मासम्म पुग्ने सडकको अवस्था निकै दयनीय बनेको छ।
उक्त सडक दैनिक रूपमा विद्यार्थीहरूको आवतजावत हुने मुख्य मार्ग हो भने स्वास्थ्य चौकीसम्म उपचारका लागि जाने बिरामीहरूको लागि समेत अत्यन्तै महत्वपूर्ण छ। तर, सामान्य वर्षा हुँदा पनि सडक हिलो र चिप्लो भई यात्रुहरू लड्ने, घाइते हुने तथा बिरामीहरूलाई जोखिमपूर्ण अवस्थामा उपचारका लागि पुग्नुपर्ने बाध्यता रहेको छ।
स्थानीयहरूले सडकको दयनीय अवस्थाका कारण दैनिक जीवन प्रभावित भएको बताउँदै यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
यस सडकको स्तरोन्नति तथा सहज आवतजावतको व्यवस्था गर्न स्थानीय सरकार, नेपाल सरकार तथा सरोकारवाला निकायसँग स्थानीयले तत्काल पहलको माग गरेका छन्।
Join the conversation