साझा पाइला

जुनियर पप आइडलमा पर्वतका सुवास पौडेल,

 



पर्वत, मोदी गाउँपालिका–८ राम्जा ठाँटी निवासी बाबुराम पौडेल र सुनिता पौडेलका कान्छा सुपुत्र सुवास पौडेल नेपालको प्रतिष्ठित गायन प्रतियोगिता जुनियर पप आइडल मा पर्वत जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी भएका छन्।

१८ वर्षीय सुवासको यो उपलब्धि केवल उनको व्यक्तिगत सफलतामा मात्र सीमित नभई समग्र पर्वत जिल्लाका लागि गर्वको विषय बनेको छ। प्रतियोगितामा उनको सहभागिताले पर्वतमा रहेका प्रतिभावान युवाहरूलाई राष्ट्रिय मञ्चसम्म पुग्न प्रेरणा दिएको स्थानीयवासीले बताएका छन्।

सुवासका बुबाआमा बाबुराम पौडेल र सुनिता पौडेलले छोराको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी चरणहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

सुवास पौडेललाई प्रतियोगिताको आगामी यात्राका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ। उनको प्रतिभा, मेहनत र समर्पणले पर्वत जिल्लाको नाम राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

स्थानीयवासी, शुभेच्छुक तथा जिल्लावासीले पनि सुवासलाई विजयी बन्न शुभकामना दिँदै उनको सफल यात्राको कामना गरेका छन्।