बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ६८ वर्षीय बलबहादुर पौडेल क्षेत्री पक्राउ
फलेवास, १२असार\ पर्वतको फलेवास नगरपालिका–९ ओख्रेनीमा १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ६८ वर्षीय बलबहादुर पौडेल क्षेत्री पक्राउ परेका छन्।
पीडित बालिकाकी आमाले असार ९ गते साँझ प्रहरी चौकी भंगरामा घटनाबारे जानकारी गराएकी थिइन्। सूचना प्राप्त भएपछि प्रहरी चौकी भंगराले जिल्ला प्रहरी कार्यालय पर्वतलाई जानकारी गराएको थियो।
प्रहरी सहायक हवल्दार उज्वल पनेरुको नेतृत्वमा खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार आरोपितविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको छ। ‘घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ प्रहरीले जनाएको छ।

Join the conversation