साझा पाइला

रसुवाका बाढी प्रभावितका लागि कोषमा ११ अर्बभन्दा बढी मौज्दात

काठमाडौं, २० भदौ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढिरहेका बेला प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले यसअघि कोषमा जम्मा भएको एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा निकासा गरिसकेको छ ।

कोषमा नौ वटा वाणिज्य बैंकमा आठ अर्ब छ करोड २५ लाख १५ हजार ५१८ रुपैयाँ रहेको छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।