साझा पाइला

बास्तोला कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको दौडमा

 


पोखरा, ९ असोज । नेपाली कांग्रेस कास्कीका पुराना नेता खिमलाल बास्तोला आसन्न महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिको उम्मेदवार बन्ने तयारीमा रहनुभएको छ ।


पचासको दशकदेखि नेपाली राजनीतिमा सक्रिय बास्तोलाले कास्की क्षेत्र नम्बर ३ को सचिवका रूपमा १० वर्ष जिम्मेवारी सम्हाल्नुभएको थियो । हाल नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य रहनुभएका बास्तोलाले व्यक्ति भन्दा नीति प्रधान राजनीतिलाई प्राथमिकता दिँदै आएको बताउनुभएको छ ।


सामाजिक तथा राजनीतिक परिवर्तनका लागि निरन्तर सक्रिय रहँदै आउनुभएका बास्तोलाले केन्द्रीय प्रतिनिधिका रूपमा पार्टीमा योगदान दिन आफू सक्षम रहेको दाबी गर्नुभएको छ ।