फलेवास नगरपालिकाको भवन निर्माण
पर्वत/संघीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाखमा पर्वतको फलेवास नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ ।
नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार, फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो ।
भवनमा रङरोगन, झ्याल–ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् वाइरिङ जारी रहेको छ । नगरप्रमुख गंगाधर तिवारीका अनुसार, यथाशीघ्र नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी छ ।
Join the conversation