इरानको कडा चेतावनी: हर्मुजबाट तेल एक थोपा पनि जान दिँदैनौं
इरानको क्रान्तिकारी (Revolutionary) गार्ड (खताम अल–अनबिया कमान्ड) का प्रवक्ताले हर्मुज समुद्री मार्गबाट संयुक्त राज्य अमेरिका, इजरायल र उनीहरूका सहयोगी देशतर्फ “तेल एक थोपा पनि” जान नदिने कडा चेतावनी दिएका छन्। उनका अनुसार ती देशसँग सम्बन्धित जहाजहरूलाई आवश्यक परे वैध सैन्य लक्ष्य मानिन सक्नेछ।
इरानले यस्तो अवरोध जारी रहे विश्वव्यापी तेलको मूल्य प्रति ब्यारेल २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ। हर्मुज स्ट्रेट विश्वको सबैभन्दा महत्वपूर्ण तेल यातायात मार्गमध्ये एक मानिन्छ, जहाँबाट विश्वको दैनिक कच्चा तेल आपूर्तिको करिब पाँचौं भाग ढुवानी हुने गर्छ।
यस क्षेत्रमा तनाव बढे तेल आपूर्ति प्रभावित भई अन्तर्राष्ट्रिय बजारमा मूल्य तीव्र रूपमा बढ्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्। अहिले अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण विश्व तेल बजार पहिले नै अस्थिर अवस्थामा रहेको छ।
यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) का सदस्य देशहरूले सम्भावित आपूर्ति संकटलाई ध्यानमा राख्दै आपतकालीन तेल भण्डार प्रयोग गर्ने तयारी गरेका छन । कोशी अनलाइन।

Join the conversation