जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय
सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले पेश गरेको उक्त प्रतिवेदन अध्ययन गर्नेगरी ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले फागुन २४ गते बुझाएको थियो । उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिवेदन सार्वजनिक गर्न भन्दै दबाब बढिरहेको छ । by onlinenepal.com

Join the conversation