सांसदले पाउने सरकारी सेवासुविधा नलिने सुदन गुरुङको घोषणा
गोरखाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले आफूले सांसदका रूपमा पाउने तलब नलिने घोषणा गरेका छन् । मंगलबार ग्वार्कोस्थित होटल रोयल टुलिपमा रास्वपाले आयोजना गरेको सांसद प्रशिक्षण कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले तलब नलिने र सरकारी गाडी पनि प्रयोग नगर्ने घोषणा गरेका हुन् ।
उनले भने, ‘म तलब खाँदिनँ, सरकारी गाडी पनि चढ्दिनँ । मेरो आफ्नै गाडी छ । म आफैँ सक्षम छु । मैलै पाउने तलब सुविधा बरु जेनजी घाइतेहरुलाई दिन्छु ।सुदनले संसदबाट पाउने तलब सुविधा आफुले नलिने बरु जेनजी घाइतेलाई दिने बताएका छन्।उनले आफू आर्थिक रूपमा सक्षम भएकाले राज्यबाट सुविधा लिन आवश्यक नरहेको उनको भनाई छ ।
फागुन २१ को चुनावमा कांग्रेसका निकटतम प्रतिस्पर्धी प्रेम खत्रीसंग फराकिलो मतान्तरल गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित गुरुङले निर्वाचित हुनुअघि नै राजनीतिमा सुविधा धेरै भयो भन्दै आवाज उँठाउदै आएका थिए ।सांसद र मन्त्रीलाई तलब नै नदिउँ। राजनीतिमा सुविधा धेरै भयो, सेवा भावना कम भयो,ु जेनजी आन्दोलनपछि राजनीतिक रूपमा चर्चामा आएका गुरुङले केही समयअघि रिपोर्टर्स क्लबमा बोलेका थिए।साथै गुरुङले संसद्मा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको पक्षमा काम गर्ने जिकिर गरे ।

Join the conversation