मध्यपूर्व सङ्कटको असर विश्वभर : तेल र पर्यटन क्षेत्र सबैभन्दा बढी
मध्यपूर्वमा तीन हप्तादेखि चलिरहेको युद्धको असर विश्वभर फैलिएको छ । विशेषगरी पेट्रोलियम पदार्थको भाउ बढ्दा विश्वकै जनजीवन र अर्थतन्त्रलाई जोखिममा परेको छ । यस्तै पर्यटन क्षेत्र पनि समस्यामा परेको छ । इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ ।
इरानले आज पनि मिसाइल आक्रमण जारी राखेको छ । बिहान साउदी अरेबियाले केही घण्टाभित्रै २० ड्रोन निस्क्रिय पारिएको जनाएको छ । त्यस क्षेत्रमा मुख्य तेल प्रतिष्ठानहरू रहेका छन् । तेल ढुवानी गर्ने हर्मुज मार्गमा इरानको अबरोध कायमै छ ।इरानी सर्वोच्च नेता मोज्तबा खामेनीले नवरोज पर्वको अवसरमा देशलाई सम्बोधन गर्दै अमेरिकी र इजरायली आक्रमणहरू असफल भएको बताउनुभयो ।
इरानी सेनाका उच्च अधिकारीहरूले ‘विश्वका पार्क, मनोरञ्जन क्षेत्र र पर्यटन स्थलहरू’ देशका शत्रुका लागि सुरक्षित नहुने चेतावनी दिएका छन् । युद्धमा अहिलेसम्म इरानमा १ हजार ३ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।

Join the conversation