सरकारलाई प्रचण्डको चेतावनी : संविधानमाथि छेडखानी भए प्रतिवाद हुन्छ
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी भए प्रतिवाद हुने चेतावनी दिएका छन् ।
सरकारले संविधान संशोधनका लागि पहल अघि बढाइरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् ।
शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने,''संवैधानिक आधारमै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ ।
सरकारलाई हाम्रो रचनात्मक सहयोग हुन्छ । संविधान संशोधनका कुरा पनि चलेका छन्। संविधान संशोधनका हामी विरोधी त छैनौँ, संविधानमाथि छेडखानी भयो र राष्ट्रिय हितमाथि आँच आउन थाल्यो भने सडक र सदन दुवैतर्फ प्रतिवाद हुन्छ,'' उनले भने ।
उनले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकार सजग हुनुपर्ने बताए । नागरिकका संवैधानिक र राजनीतिक अधिकार सरकारले कटौती गर्न नमिल्ने उनको भनाइ छ
Join the conversation